मार्टिन लुथरका जीवन उपयोगी प्रेरक भनाईहरु

मार्टिन लुथरको जन्म सन् १४८३ मा भएको थियो । उनी प्रोफेसर, लेखक तथा धार्मिक गुरुका रुपमा प्रसिद्द छन् । सन् १५४६ मा उनको निधन भएको थियो । आज हामीले मार्टिन लुथरका जीवन उपयोगी प्रेरक भनाईहरु साभार गरेका छौ ।

१. संसारमा जति पनि काम भएका छन्, ति सबै आशा र विश्वासका परिणाम हुन् ।

२. उनीहरु मलाई एउटा निश्चित तारा बनाउन चाहन्छन् । तर म अनियमित ग्रह बन्न चाहन्छु ।

३. यदि मलाई भोली नै नासिदैछ भनिन्छ भने पनि म आज स्याउको बोट रोप्न छोड्दिन ।

४. प्रार्थना यसरि गर कि मानौ, सबै जिम्मेवारी भगवानको हो । तर प्राथना सकेपछि काम यसरी गर कि मानौ, सबै जिम्मेवारी तिम्रो हो ।

५. तिम्रो मनले जुन कुरालाई बिश्वास गर्छ, त्यो नै तिम्रो लागी भगवान हो ।

६. सुन्दर वैवाहिक सम्बन्ध भन्दा राम्रो सम्बन्ध र मित्रता अरु कुनै हुदैन ।

७. जिउनु भनेको यो बिश्वास हो कि, तिमि हजारौ पटकको अफ्ट्यारो अवस्थामा पनि बलियो बनेर उभिन सक्छौ ।

८. तिमी सधै तिमीले जुन कुरा भन्यौ त्यो कुराको लागी मात्र जिम्मेवार हुदैनौ । तिमी तिमीले जुन कुरा बोलेनौ त्यसको लागी पनि जिम्मेवार हुन्छौ ।

९. यदि स्वर्गमा हास्ने अनुमति छैन भने, जतिसुकै सुविधा भएतापनि म त्यहाँ जान सक्दिन ।

१०. मेरो पात्रोमा सधै दुइ वटा दिन मात्र हुन्छन् ।आजको दिन र त्यो दिन ।

११. जब शिक्षा फैलिन्छ, तब हरेक कुरामा समृद्दी छाउँछ ।

१२. यदि संसार बदल्न चाहन्छौ भने आफ्नो कलम उठाऊ ।

Post Comment