आजकल मन बाट होइन दिमाग बाट सम्बन्ध निभाउने गर्छन् – मन छुने भनाईहरु

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. रमाउने भनेको त बचपनमा मात्र रहेछ, जिम्मेवारीले टाउको भरीए पछी त चाहेर पनि रमाउन नसकिने रहेछ । २. जिध्दी त सबै हुन्छन् तर झुक्छ त्यहि जसलाई सम्बन्धको चिन्ता हुन्छ । ३. यदि प्रेममा पैसाको स्थान हुदैन थियो भने राजकुमारको नाम किन आउथ्यो ? कहिले सुन्नु भएको छ ? मेरो सपनाको मजदुर जन्ती लिएर आउछ भनेर । ४. माया गर्ने आँट गरिसके पछी सम्बन्ध टिकाउने शाहस पनि राख्नुपर्दछ ।

५. जिन्दगी पनि चन्द्रमा जस्तै भएको छ, हेर्दा राम्रो देखिन्छ तर एक्लै छ । ६. मानिसहरु हरेक पटक यहि सोध्छन् कि ऊ मा के देखिस ? म हरेक पटक यहि भन्छु की माया बिना कारण हुने गर्छ । ७. मानिसहरु बदलिन्छन्, प्रेमले चोट दिन्छ, साथीहरु छोडी जान्छन्, अवस्थाले ढोका दिन्छ, बनाएका सपना तोडिन्छ तर याद रहोस जिन्दगी चलिरहन्छ । ८. सारै गाह्रो रहेछ उसलाई भुलाउन जसले तिमीलाई सम्झनको लागी अनेकौ यादहरु दिएको हुन्छ ।

९. यति बुझ, माया सिसा हो त्यसैले त फुट्दा कम र चर्किदा बढी दुख्ने गर्दछ । १०. आजकल मन बाट होइन दिमाग बाट सम्बन्ध निभाउने गर्छन् । ११. मायाको अर्थ मायाँ गर्नेले पो बुझ्छ, नाटक गर्नेले त कहिल्यै बुझ्दैन । . चित्त दुखाउने बित्तिकै रोईहाल्नु हुदैन, सबै चित्त दुखाउनेहरु आशुको लायक हुदैनन् । १३. जब बिश्वास टुट्छ नि तब यो सरी भन्ने शब्द पनि मजाक लाग्छ ।

१४. प्रेम गर्दा चाँही दुबैको सहमति हुनु पर्ने रे अनि बिछोडमा चाँही एक्लै निर्णय गर्दा हुन्छ रे, मायामा पनि कति अन्याय । १५. करोडौको भिड किन नहोस, खोजी सधै एउटै अनुहारको हुन्छ । १६. प्रेमको परिभाषा संग्रालयमा राख्नु पर्छ किनकि यसको अर्थ नै लोप भएर गईसक्यो ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Post Comment