संक्रमणबाट एमाले नेता पुनको निधन

भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम पूर्वका अध्यक्ष सतमान पुनको निधन भएको छ । बाँकेको कोहलपुर स्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार विहान उनको निधन भएको हो ।

नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य समेत रहेका नेता पुनलाई केही दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो ।  संक्रमण भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएको थियो ।

त्यसपछि पनि अवस्था ठिक नभएपछि जेठ १ गते हेलिकोप्टर मार्फत उनलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको थियो । मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताए । नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए ।

त्यस्तै दाङ मा थप दश जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दाङमा दश सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका स्रोत ब्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई÷दुई र दंगीशरण गाउँपालिकाका १ को मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा मृत्यु हुनेको सङ्ख्या एकसय ६९ पुगेको छ । जिल्लाबाट पछिल्लो २४ घण्टामा ४५ को डिस्चार्ज भएका छन् भने २०७ नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म दुई हजार ६ सय ६० सक्रिय सङ्क्रमित रहेका छन् ।

Post Comment