ओलीलाई बधाई दिँदै वामदेवले लेखे – पार्टीको एकता निर्माणमा पनि सफलता मिलोस्

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीमा नियुक्त भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बधाई दिएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै  पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरू हुनु सकारात्मक भएको बताएका छन् ।

उनले लेखेका छन्,’नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष क.के.पी शर्मा ओली र पार्टीका पूर्व महासचिव क.माधव कुमार नेपाल विच पार्टीभित्र उत्पन्न समस्या समाधानका सम्बन्धमा प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ ।’

गौतमले पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिएका छन् । उनले भनेका छन्,’साथै पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं  प्रधानमन्त्री नियुक्ति हुनु भएकोमा हार्दिक बधाई दिन्छु ।’

Post Comment