शिक्षा लिनलाई कहिल्यै पनि पछी हट्नुहुदैन

जीवन एक संघर्स हो जहाँ धेरै कठिनाइहरुको सामना गर्नुपर्दछ । यहि संघर्सहरुबीच पर्छ शिक्षा, मानिसहरुको हतियार भनेकोनै अहिलेको समयमा शिक्षा हो जुन नत कसैले खोसेर लैजान्छ नत हराउछ भन्ने डरनै हुन्छ । भनौ, एउटा निर्जीव वस्तुलाई पनि सजीव बनाउने क्षमता राख्दछ यो शिक्षाले, यसले हरेक मानिसलाई अब्बल बनाउने गर्दछ । शिक्षाले कसैलाई पनि भेदभाव गर्ने गर्दैन किनकि यो एक अन्धो कानुन जस्तै हुन्छ जसले सबैलाई समान रुपमा शिक्षा प्रदान गर्ने गर्दछ ।

पढाइ लेखाइलाई उमेरले छेक्दैन । भारतमा एक ९६ वर्षीया हजुरआमाले यो भनाइ पुष्टि गर्दै आफ्नो अब्बलता प्रमाणित गरेकी छन् । भारतको केरला सरकारद्वारा सञ्चालित प्रौढ साक्षरता कक्षाअन्तर्गत भएको परीक्षामा कार्तियानी अम्मा नामकी ती वृद्धा ९८ प्रतिशत अंक प्राप्त गरी प्रथम भइन् । परीक्षामा पढ्ने, लेख्ने तथा गणितका हिसाब गर्ने क्षमता जाँचिएको थियो ।

परीक्षामा अब्बल दरिएपछि हौसिएकी कार्तियानीले भनेकी छिन्, ‘अब मेरो पढाइ रोकिनेवाला छैन । छिट्टै म चौथो कक्षाको पढाइ पूरा गर्नेछु । फेरि आठौं र दशौं । सय वर्षकी हुँदा दश कक्षा पास गर्नेछु । त्यसपछि मैले सरकारी जागिर पाउनेछु भन्ने आशा छ ।’

त्यो परीक्षामा कार्तियानीजस्तै धेरै परीक्षार्थीहरु सहभागी थिए । कार्तियानीसँगै उनका ज्वाइँले पनि तेश्रो कक्षाको परीक्षा दिएका थिए । तर ती ज्वाइँले आफ्नी सासुले भन्दा १० नम्बर कम पाए । सासु प्रथम हुँदा ज्वाइँ चाहिँ ८८ औँ नम्बरमा खुम्चिए ।

९६ वर्षकी हजुरआमालाई केरलाका मुख्यमन्त्रीले प्रमाणपत्र प्रदान गरे । उक्त परीक्षामा करीब ४३ हजार परीक्षार्थी सहभागी थिए । कार्तियानी सबैभन्दा जेठी परीक्षाथी हुन् । उनले गणितमा ३० मा ३०, लेखनमा पनि ३० मा ३० र पठनमा ३० मा २८ नम्बर प्राप्त गरिन् ।

साथीहरु शिक्षानै हो जसले हामीलाई हरेक कुराको अर्थपूर्ण कुरा गर्न मद्दत गर्दछ । यसले हामीलाई जुनसुकै ठाउमा पनि शिर ठाडो बनाएर हिड्नलाई मद्दत गर्दछ । शिक्षा लिनलाई कहिल्यै पनि पछी हट्नुहुदैन, किनकि शिक्षा बिना तपाई एक खाली भाडो मात्र हो । हामि स्तरीय कक्षामा पुगे पछी सानो सानोले भनेको कुरालाई बेवास्ता गर्ने गर्दछौ तर सानो होस् वा ठुलो, गरिब होस् वा धनि, शिक्षा जो बाट पनि प्राप्त गर्न सकिन्छ ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Post Comment