आफुले नपाएको सबै खराब हुन्छ !! – प्रेरक प्रसंग ( कथासहित )

हामी स्वार्थी किसिमको मान्छे छौ, हामीले चाएको कुरा हामीलाई जसरी भएपनि मिल्नै पर्छ । यदि हामी कुनै केटीलाई मन पराउछौ र उसले हामीलाई अस्विकार गर्छे भने हामि त्यो केटीलाई तथानाम भन्ने गर्छौ । हामीलाई आफ्नो भावनाको मात्र मतलब छ अरुको कुनै वास्तै छैन । यसै कारण हामि सबैको प्यारो पनि हुन सक्दिनम । आफ्नो छवीलाइ अरुको अगाडी राम्रो बनाउन मात्र हामि बाहिरि रुपमा राम्रो हुने गर्दछौ । आफ्नो कमजोरीलाइ लुकाउन अरुको अगाडी स्मार्ट भएर हिड्ने गर्छौ ।

एक पटक एक भोकाएको स्याल खानाको खोजीमा घुमिरहेको थियो । भोकको कारणले ऊ निकै सिथिल तथा थकित थियो । घुम्दै-घुम्दै ऊ एउटा बगैचामा पुग्यो । त्यहाँ अंगुरका लहराहरुले बेरिएको एक बेलमाथी उसको दृष्टि पर्यो । अंगुर निकै पाकेका र रसिला थिए ।

स्यालले इच्छा भरिएको दृष्टिले अंगुरहरुलाई हेर्यो, तब उसको मुखमा पानी भरिएर आयो । उसलाई बिश्वास थियो कि अंगुरहरु उसको हातमा पर्नेछन र उसले आफ्नो भोक शान्त गर्नेछ । तर उसले कमजोरीको अनुभव गरिरहेको थियो । र ऊ आराम गर्नको लागी बस्यो । केहीबेर आराम गरिसकेपछि ऊ पुरै शक्ति लगाएर अंगुरतर्फ उफ्रियो । तर अंगुरहरु निकै माथी थिए । त्यसैले ऊ अंगुरसम्म पुग्न सकेन ।

स्यालले पुन: आराम गर्यो र एक पटक फेरी उफ्रियो । तर यस पटक पनि ऊ सफल भएन । अधिक प्रयत्न गर्न असमर्थ भएर ऊ त्यहाबाट गयो । आफ्नो कमजोरीलाई लुकाउनको लागी हिड्ने बेलामा उसले निकै शानले भन्यो, “मलाई लागेको थियो कि यी-अंगुरहरु निकै मिठा र रसिला छन् । तर अहिले थाहा पाएँ कि यी अंगुरहरु काँचा र अमिला छन् ।”

साथीहरु हामी सग जे छ त्यसैमा खुसि हुनै जान्दैनौ । हाम्रो इर्श्या गर्ने बानी छ जसले हामीलाई कहिले पनि खुसि पार्दैन । हामीलाई मन परेको कुरा हामीलाई जसरी भएपनि चाहिन्छ । यदि पाइनम भने हामीलाइ रिस उठ्छ । हामीले नपाएको सबै कुरा नराम्रोनै लाग्ने गर्दछ । साथीहरु इर्श्यालाइ त्याग्नुहोस् र हरेक कुरालाई सकारात्मक रुपले हेर्ने गर्नुहोस् । तपाइँ सधै खुसि बन्नुहुनेछ ।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Post Comment