आफ्नो शारीरिक हाउभाउलाइ सभ्य र आकर्षक कसरी बनाउने ? जान्नुहोस

अहिलेको समयमा कुनी पनि व्यक्ति आफ्नो शारीरिक हाउभाउलाई लिएर एकदमै चिन्तित हुने गर्दछ । मानिसको अगाडी आफ्नो हाउभाउलाई कसरी राम्रो संगले प्रस्तुत गर्ने ? अरुको अगाडी कसरी सभ्य बन्ने ? यस्ता कुराले उसलाई निराश बनाइरहेको हुन्छ । नयाँ मान्छे संग भेट्दा वा कुराकानी गर्दा आफ्नो हाऊभाउलाइ ख्याल गर्नु एकदमै जरुरी हुन्छ ।

कुनै पनि व्यक्तिलाई पहिलो पटक भेट्दा, अन्तर्वार्तामा जादा वा कुनै जमघटमा तपाईको बोलीले भन्दा बढी तपाईको शारीरिक हाऊभाउले बढी प्रभाव पार्दछ । त्यस्तै कसैको अगाडी प्रस्तुत हुदा तपाईले लगाउनुभएको लुगा जति महँगो होस्, तपाइले प्रस्तुत गर्नुभएको विचार जति नै राम्रो होस्, तपाइको शारीरिक हाउभाउ सभ्य नदेखिएमा तपाई प्रति अरु व्यक्तिको धारणा नकारात्मक बन्न सक्छ ।

आफ्नो शारीरिक हाउभाउलाइ कसरी सभ्य र आकर्षक बनाउने ? जानौ :

१. आफ्नो हात र खुट्टालाई बाँधेर वा क्रस गरेर उभिने नगर्नुहोस । यसो गर्दा तपाइको हाउभाउमा नकारात्मक धारणा पर्न जान्छ ।

२. कुरा गर्दा कसैलाई पनि घुर्ने नगर्नुहोस । आखामा हेरेर र मुस्कानको साथमा कुरा गर्नुहोस ।

३. आफुसंग कसैले कुरा गर्दा टाउको हल्लाएर आफुले कुरा सुनिरहेको आभास दिलाउनुहोस । यसो गर्दा त्यो व्यक्तिको कुरामा तपाईलाई चासो रहेछ भनेर कुरा गर्ने गर्ने व्यक्तिले तपाइँ प्रति राम्रो विचार राख्दछ ।

४. कार्यक्रममा कसैसंग आखा जुधेपछि वा कसैसंग पहिलो पटक भेट हुदा सुरुमा मुस्कुराउनुहोस अनि अभिवादन गर्नुहोस ।

५. बस्दा कतै ढल्किएर बस्ने वा कुप्रो परेर बस्ने नगर्नुहोस । शरीरलाई सहि तरिकाले सिधा भएर बस्नुहोस ।

६. कसैको पनि धेरै नजिक गएर नाबोल्नुहोस । केहि दुरीमा उभिएर बोल्ने गर्नुहोस ।

७. कसैको कुरा काट्ने र नकारात्मक कुरा गर्ने नगर्नुहोस । अरुको अगाडी कसैको कुरा नराम्रो कुरा थाल्नुभयो भने अरु कोहिले तपाईको बारेमा पनि नराम्रो कुरा गर्न थाल्दछ ।

८. आफ्नो कपडा मिलाइराख्ने नगर्नुहोस । यसको लागि घरबाट आफुलाई सजिलो हुने र धेरै ध्यान दिइरहनु नपर्ने गरि कपडा लगाएर जानुहोस ।

९. हातको हाउभाउलाई कुरासंग सन्तुलन मिल्ने गरि प्रस्तुत गर्नुहोस ।

१०. धेरै आत्मविश्वासी अथवा नर्भस नभएर आफुलाई भद्र र आत्मविश्वासी देखाउने कोसीस गर्नुहोस ।

११. धेरै गम्भीर बनेर नबस्नुहोस । मुस्कुराउनुहोस् र हास्ने कुरामा खुलेर हास्नुहोस । अवस्था हेरेर त्यहि तरिकाले कुरा गर्ने र आफ्नो हाउभाउलाई पनि त्यहि तरिकाले देखाउने गर्नुहोस ।

१२. एकहोरो बोलिनरहनुहोस, आफूसंगै भएको व्यक्तिको कुरा सुन्ने र बुझ्ने कोसिस गर्नुहोस ।

१३. आफुले भेटेका मानिसहरुको नाम सम्झिने प्रयास गर्नुहोस । पछी उनीहरुको नामले सम्बोधन गर्नुहोस । यसले गर्दा तपाईले भेटलाई महत्व दिनुका साथै उनीहरुलाई सम्झिरहनु भएको छ भन्ने संकेत दिन्छ ।

तपाईलाई हाम्रो यो प्रेरक जानकारी कस्तो लाग्यो । हामीले यहाँ आफ्नो शारीरिक हाउभाउलाइ कसरी सभ्य र आकर्षक बनाउने ? भन्ने बारेमा चर्चा गरेका छौ । यदि तपाई आफ्नो करियरमा सकारात्मक परिवर्तन ल्याउन चाहनुहुन्छ भने हामीलाई आशा छ कि हामीले माथि चर्चा गरेका कुरा तपाई पक्कै पनि आफ्नो जीवनमा लागु गर्नुहुन्छ ।

हाम्रो यो जानकारी अरुलाई पनि देखाउन चाहनुहुन्छ भने यो जानकारीलाइ धेरै भन्दा धेरै शेयर गरेर अरु समक्ष पनि यो प्रेरक कुरा पुर्याइदिनुहोला । धन्यवाद ।

Post Comment