जीवनमा सधै सुख मिल्छ भने यो दुर्लभ कुरा हो – वाल्मीकिका अनमोल वचनहरु

जीवनमा सफल बन्नका लागि आफ्नो सोचाईलाई पनि सकारात्मक बनाउन एकदमै जरुरी हुन्छ । हामी अरुको भनाईहरु र ब्यबहार बाट पनि प्रेरित हुन सक्छौ । जीवन सबैको सरल र सहज हुदैन, त्यसका लागि कठिन मेहेनत गर्नु पर्दछ । मानिसलाई सकारात्मक बन्न त मन लाग्छ तर उनीहरु सकिरहेका पनि हुदैनन् । सकारात्मक बन्छु भनेर एकै दिनमा हुने कुरा होइन, यसको लागी धैर्य गर्नुपर्दछ र परिश्रम पनि चाहिन्छ । सफल बन्नु भन्दा पहिले सकारात्मक बन्नुहोस र आफूसगै थोरै भए पनि अरु मानिसलाई प्रेरित गर्नुहोस ।

तपाईले बाल्मिकीको बारेमा त अवश्य पढ्नु भएको होला । उनले रामायाण कसरी लेखे ? एक रत्नाकार ढाकु बाट कसरी महर्षि बाल्मिकि बन्न पुगे ? यसको बारेमा तपाईलाई पक्कै पनि थाहा हुनुपर्छ । किनकि उनको बारेमा हामी सबैले सानो कक्षामा हुदा पढिसकेका छौ । आज हामी यहाँ उनले दिएका र भनेका अनमोल वचनहरु लिएर आएका छौ ।

जीवनलाई बदल्ने र तपाईमा एक उर्जा थप्ने बाल्मिकीको अनमोल वचनहरुको बारेमा आउनुहोस जानौ :

१. संसारमा यस्ता व्यक्ति थोरै हुन्छन्, जो कठोर तर हितको कुरा गर्छन् ।

२. यस संसारमा दुर्लभ केही पनि छैन, यदि उत्साह नछाड्ने हो भने ।

३. अहंकार मानिसको सबैभन्दा ठूलो दुश्मन हो । त्यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।

४. यदि कसैसँग इच्छाशक्ति छ भने, उसले जतिसुकै कठोर काम सजिलै गर्न सक्छ । इच्छाशक्ति र दृष्ढसंकल्पले मानिसलाई राजा बनाउँछ ।

५. सेवाबाट सत्रु पनि मित्र हुन्छन् ।

६. आमाबुबाको सेवा र उनीहरुको आज्ञा पालन गर्नुजस्तो अर्को धर्म छैन ।

७. पि्रयजनलाई पनि मोहवश अत्याधिक प्रेम गर्दा यश नष्ट हुन्छ ।

८. दुख र विपद जीवनका यस्ता दुई पाहुना हुन्, जो निमन्त्रणा बिना नै आइपुग्छन् ।

९. मानिसको आचरणले बताउँछ कि ऊ कुलिन हो वा होइन, वीर हो वा कायर, पबित्र हो वा अपबित्र ।

१०. हुने घटनाप्रति दुख मनाउनु कायरता वा अज्ञानता हो ।

११. कुनै कुरालाई अत्यान्त प्रेम गर्नु वा प्रेमको सवर्था अभाव हुन नदिनु, दुबै महान दोष हो । अतः मध्यम स्थितीमा दृष्टि राखौं ।

१२. भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन्, जो भाग्यमा निर्भर भएर आफैलाई नष्ट गर्छन् ।

१३. उत्साह, सामथ्र्य र मनमा हिम्मत नहार्नु, कुनैपनि कार्य सम्पन्न गर्न सक्ने गुण हुन् यी ।

१४. दुख र विपद जीवनका यस्ता दुई पाहुना हुन्, जो निमन्त्रणा बिना नै आइपुग्छन् ।

१५. मानिसको आचरणले बताउँछ कि ऊ कुलिन हो वा होइन, वीर हो वा कायर, पबित्र हो वा अपबित्र ।

१६. हुने घटनाप्रति दुख मनाउनु कायरता वा अज्ञानता हो ।

१७. कुनै कुरालाई अत्यान्त प्रेम गर्नु वा प्रेमको सवर्था अभाव हुन नदिनु, दुबै महान दोष हो । अतः मध्यम स्थितीमा दृष्टि राखौं ।

१८. उत्साह, सामथ्र्य र मनमा हिम्मत नहार्नु, कुनैपनि कार्य सम्पन्न गर्न सक्ने गुण हुन् यी ।

१९. जीवनमा सधै सुख मिल्छ भने यो दुर्लभ कुरा हो ।

२०. अतिसंघर्षले चन्दनमा पनि आगो प्रकट हुन्छ, त्यही प्रकार एकदमै अवज्ञा गर्दा ज्ञानीको हृदयमा पनि क्रोध उत्पन्न हुनसक्छ ।

२१. गुणी व्यक्ति अर्कालाई दुखबाट बचाउन कष्ट सहन्छ, तर दुष्ट व्यक्ति अर्कालाई दुखमा पार्नका लागि ।

२२. नीच व्यक्तिको नम्रता अत्यान्त दुखदायी हुन्छ, अंकुश, धनुष, साप र बिरालो पनि झुकेर नै हमला गर्छ ।

तपाईलाई हाम्रो यो प्रेरक जानकारी कस्तो लाग्यो । हामीले यहाँ वाल्मीकिका जीवन बदल्ने अनमोल वचनबारे चर्चा गरेका छौ । यदि तपाई आफ्नो करियरमा सफल बन्न चाहनुहुन्छ भने हामीलाई आशा छ कि हामीले माथि चर्चा गरेका कुरा तपाई पक्कै पनि आफ्नो जीवनमा लागु गर्नुहुन्छ ।

हाम्रो यो जानकारी अरुलाई पनि देखाउन चाहनुहुन्छ भने यो जानकारीलाइ धेरै भन्दा धेरै शेयर गरेर अरु समक्ष पनि यो प्रेरक कुरा पुर्याइदिनुहोला । धन्यवाद ।

One thought on “जीवनमा सधै सुख मिल्छ भने यो दुर्लभ कुरा हो – वाल्मीकिका अनमोल वचनहरु

Post Comment