राजा ग्रह सूर्यको सबैभन्दा ठूलो परिवर्तन, यी ५ राशिलाई निकै अशुभ !

आज सूर्य देव धनु राशिबाट मकर राशिमा प्रवेश गर्दै छन्। ज्योतिषशास्त्रका अनुसार सूर्य शनिको राशिमा गोचर हुन लागेको हो। सूर्यको यो गोचर आज दिउँसो २ः२९ बजे हुनेछ। सूर्यको यो गोचरले सबै राशिहरूलाई असर गर्नेछ। यस्तो अवस्थामा सूर्यको राशि परिवर्तनले कुन राशिमा नकारात्मक प्रभाव पार्छ त ? जान्नुहोस्….

कर्कट राशि: पेटको समस्याले सताउन सक्छ। यो समयमा समयमा धनको मामिलामा सजग रहनुपर्नेछ। आर्थिक हानिको प्रवल सम्भावना छ। शत्रुहरूले समस्या निम्त्याउन सक्छन्।

कन्या राशि: ऋण लिएर कुनै पनि कुरा किन्नु भविष्यका लागि महँगो पर्न सक्छ। सन्तानको बारेमा चिन्ता रहन सक्छ। सूर्यको गोचर अवधि भर कसैसँग अनावश्यक रूपमा कुनै प्रकारको बहस नगर्नुहोस्।

तुला राशि: यो समयमा आर्थिक समस्या आइपर्न सक्छ। जग्गा-जमीन सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ। घरायसी विवादले मन विचलित हुन सक्छ। शारीरिक कमजोरी रहला, ध्यान दिनुहोस्।

मकर राशि: सूर्यको गोचर अवधिमा तपाईंको खर्चमा उच्च वृद्धि हुनेछ। महत्वपूर्ण काममा ढिलाइ हुनेछ। साथीभाइसँग झगडा हुन सक्छ। सूर्यको गोचरमा स्वास्थ्यको चिन्ता बढ्नेछ।

कुम्भ राशि: वैदेशिक यात्राको योग छ। आँखा सम्बन्धि समस्याले तपाईंलाई सताउन सक्छ। सूर्य संक्रान्तिको एक महिनासम्म अनावश्यक खर्चमा नियन्त्रण गर्नुपर्छ, नत्र बजेट बिग्रन सक्छ।

Post Comment