धनी घरको बुहारी बन्नु छैन मलाई, गरिब होस तर माया अनि बिश्वास धेरै होस – प्रेरक भनाईहरु

१. तपाईं आफ्नै नजरमा सहि हुनु पर्दछ , दुनियाँ त भगवान सँग पनि दुःखी छ ।

२. केही खास कुरा छैन म मा … बस मलाई बुझ्नेहरू खास हुन्छन ।

३. हेर्ने गर्नुहोस् कहिलेकाही आफ्नी आमाको आँखामा , यो ऊ ऐना हो जसमा बच्चाहरु कहिल्यै बूढो हुँदैन ।

४. कथा सुनाएर मजाक बन्नु भन्दा कैयौं गुण राम्रो हो मुस्कुराएर शान्त रहनु ।

५. शान्त रहनुहोस र मुस्कुराउँदै रहनुहोस , यही पर्याप्त छ तपाईं सँग जल्नेवालालाई अझ धेरै जलाउनका लागि ।

६. आजकल जरुरी छैन कि कसैलाई इज्जत खुट्टा छुयरै गरिनुपर्छ , उनलाई देखेर आफ्नो मोबाइल एकतिर राखिदिनु पनि धेरै ठुलो इज्जत हो ।

७. जसले जित्छ उसले हार्न पनि सक्छ , तर जो अरुलाई जिताउछ उसले कहिल्यै हार्दैन ।
८. कसरी हारिदिउ यो किस्मत सँग म !! मेरी आमा आज देखि हो र मेरो सफलताको लागि आश गर्दै बसिरहनुभएको ।

९. मजबुत व्यक्तिलाई देखेर मान्छे सोच्छन् कि यो किन कहिल्यै टुट्दैन तर मान्छेहरू यो जान्दैनन कि टुटी सकेपछि नै उ यति धेरै मजबुत बन्न सक्यो ।

१०. गर्न दिनुहोस् जो तपाईलाई नराम्रो गर्दै हिँड्छन् यस्तो साना तिना हर्कत सानो सोच भएकाहरुले नै गर्दछन ।

११. जसको हृदयमा जे छ , उ त्यही दिनेछ चाहे प्रेम होस् वा घृणा ।

१२. केवल एक मजबुत व्यक्ति नै माफी माग्न सक्दछ र जो माफ गरिदिन्छ ऊ त्यो व्यक्ति भन्दा पनि धेरै मजबुत हुन्छ ।

१३. राम्रो अवश्य बन्नुहोस तर प्रमाणित गर्ने कोशिस नगर्नुहोस , जो व्यक्ति सही हुन्छ उ प्रमाणित गर्नमा आफ्नो समय बर्बाद गर्दैन ।

१४. एक महिला चाहे जतिसुकै नाजुक र भयभित किन किन नहुन , जब एक आमाको रूपमा आउछिन भने एक्लै पुरा दुनिया सँग लडिदिन्छिन ।

१५. यदि कसैको इज्जत गर्न चाहनुहुन्न भने नगर्नुहोस तर चार मान्छेहरु सँगै बसेर कसैको बेजती त नगर्नुहोस ।

१६. धनी घरको बुहारी बन्नु छैन मलाई, गरिब होस तर माया अनि बिश्वास धेरै होस ।

Post Comment