मान्छे सुधार्ने १० भनाइहरु – आफै मेहेनत गरेर आफ्नो भाग्य लेख, नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ

मनछुने भनाइहरुको लागि हामीले यहाँ थप १० भनाइहरु ल्याएका छौँ । यी भनाइहरु नयाँ र प्यारा छन् । तपाई फेसबुकमा स्टाटस लेख्नका लागि कुनै मन छुने भनाइहरु खोज्दै हुनुहुन्छ भने तपाई अहिले पक्कै पनि सहि ठाउँमा आइपुग्नु भएको छ । यहाँ हामीले यस्तै फेसबुक स्टाटसमा लेख्न मिल्ने मन छुने भनाइहरुको संगालो तयार गरेका छौँ । फेसबुक स्टाटसमा लेख्न मिल्ने मन छुने भनाइहरुको संगालोहरुको यो पहिलो भाग हो जहाँ तपाईले १० वटा त्यस्तै मन छुने भनाइहरु पढ्न पाउनु हुनेछ । तपाई आफुलाई मन परेका कुनै पनि भनाइ कपि गरेर आफ्नो फेसबुकमा स्टाटस बनाउन सक्नु हुनेछ ।

१. उज्यालोमा त कोहि न कोहि भेटि नै हाल्छ, खोज त त्यस्तो मान्छेको गर जसले अध्याँरोमा पनि तिमीलाई साथ दिन्छ । २. या त आफै मेहेनत गरेर आफ्नो भाग्य लेख नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ । ३. जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथी रहेछौ । ४. यदि तपाई भित्रको मान्छेले तपाईमाथी बिश्वास गर्छ भने बाहिरको मान्छेले तपाईको सफलतालाई रोक्न सक्दैन ।

५. मिठो मह बनाउने माहुरीले पनि डस्न सक्छ, त्यसैले होसियार रहनु, धेरै मिठो बोल्ने मान्छेले पनि तिमीलाई हानी पुर्याउन सक्छ । ६. जीवनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छन्, एउटा जो सोच्छन् तर गर्दैनन् र अर्को जो गर्नु भन्दा पहिले सोच्दैनन् । ७. आफ्नो दुखलाई आफै भित्र राख्नु किनकि दुनियामा त्यस्तो मान्छेहरु पनि छन् कि तिम्रो दुखलाई रोई रोई सोध्छन् र हाँसी हाँसी दुनियालाई सुनाउछन् । ८. जसलाई सपना देख्ने सोक छ उसलाई रात छोटो लाग्छ र जसलाई सपना पुरा गर्ने सोक छ उसलाई दिन छोटो लाग्छ ।

९. आफ्नो बारेमा अरुले बकवास गर्दा पनि जवाफ नदिनेहरुलाई कमजोर नसम्झनु किनकि तिनीहरु हिलोमा ढुंगा हान्न नचाहने समझदारहरु हुन्, त्यसैले त यिनीहरुको मन र कपडा सधै सफा हुने गर्दछ । १०. जिन्दगीको दौडमा यो जरुरी छैन कि तिमी अगाडी नै हुनुपर्छ र सबैलाई पछाडी पार्नु पर्छ भन्ने जरुरी त तिम्रो दौडमा सामिल भएर दौदिनुमा छ, थाकेर लड्नु र फेरी उठ्नुमा छ किनकि जिन्दगीको यहि रित हो जो आज अन्तिम छ भोली प्रथम पक्का हुन्छ बस निरन्तर दौडिनु जरुरी छ ।

तपाईलाई हामीले संकलन गरेको भनाइ कस्तो लाग्यो ? मन परेमा कपि गरेर आफ्नो स्टाटसमा राख्न सक्नु हुनेछ अथवा यहि लिंक सेयर गर्न पनि सक्नु हुनेछ । हाम्रो साइटमा आइदिनु भएकोमा धेरै धेरै धन्यवाद । हामीले फेसबुक स्टाटसमा लेख्न मिल्ने मन छुने भनाइहरुको संगालोहरुको भागहरु तयार पारेका छौँ । कृपया अरु पनि हेर्नका लागि हाम्रो फेसबुक पेज लाइक गरिदिनुहोला ।

Post Comment