मलाई निजि भक्त हैन देशभक्तको आवश्यकता छ : प्रेरक कथा

एक पटक अमेरिकामा राष्ट्रपति अब्राहम लिंकनले रक्षा मन्त्रालयको लागि एउटा यस्तो व्यक्ति रोजे, जो उनको कट्टर आलोचक थिए र उनको विरुद्दमा सधै केहि न केहि बोलिरहन्थे ।

एक दिन राष्ट्रपतिका एक साथी उनलाई भेट्नको लागी आए र रक्षा मन्त्रीको कुरा गर्दै उनले सोधे, “तपाईले जुन मानिसलाई रक्षा मन्त्रालय सुम्पनु भएको छ, उसको बारेमा के तपाईलाई राम्रो सग थाहा छ ?”

“हो थाहा छ, किन के भयो?” राष्ट्रपतिले आश्चर्य मान्दै सोधे तब ति सज्जनले भने, “हिजो एउटा सभामा उनले तपाईमाथि व्यंग्य गर्दै भने, तपाइँ हेर्दा दुब्लो-पातलो गोरिल्ला जस्तो देखिनुहुन्छ ।”

“हो यो सब मैले आज बिहानको समाचार पत्रमा पधिसके ।”
“यो भन्दा पहिलाको सभामा उनले तपाईलाई भाँडको उपाधि दिएका थिए ।”ति सज्जनले उनलाई उकास्ने स्वरमा भने । “यो पनि मलाई थाहा छ ।” राष्ट्रपतिले मुस्कुराउदै भने । यो सब कुरा सुनेर सज्जनले केहि दिक्क मान्दै बोले, “उसले अनेकौ पटक यसरि तपाईकोअपमान गरिसकेका छन् र यो सब तपाईलाई राम्ररी थाहा भएर पनि तपाईले उनलाई यति महत्वपूर्ण पद सुम्पिनु भएको छ ।”

“अरे साथी, महत्वपूर्ण पदमा न बसाएको हो, कुनै गलत स्थानमा त हैन नि ।” राष्ट्रपतिले मुस्कुराउदै भने । तर ति सज्जन नराम्रो संग रिसाउदै बोले, “तर तपाई किन बुझ्नुहुन्न कि यसले तपाईको प्रतिष्ठा खराब हुन्छ ।”

“मैले केहि बुझ्नु अगाडी तपाई यो किन बुझ्नुहुन्न कि ऊ एउटा योग्य प्रशासक हो । आफ्नो काम पुरा इमान्दारी र निष्ठाले गर्छ । रह्यो मेरो प्रतिष्ठाको कुरा, यो त मेरो देशलाई मेरो बारेमा राम्रो संगले थाहा छ मा के हुँ । अनि म यस्ता सानातिना कुराको कारणले देशलाई एउटा कुशल रक्षा मन्त्रीको सेवाबाट किन वन्चित गरौ । मलाई निजि भक्त हैन देशभक्तको आवश्यकता छ ।”

यो सुनेर ति सज्जन त्यहाँ बाट चुपचाप हिडे ।

यो कथाबाट हामीले के बुझ्नुपर्दछ भने हामीले आफ्नो लागि मात्र हैन अरुको लागि पनि सोच्ने गर्नुपर्दछ । अरुको मतलब नगर्दा आफु रहेको पनि कुनै औचित्य हुदैन, त्यसैले सधै अरुको पनि भलो हुने काम गर्नुहोस ।

Post Comment