सबै खुसीलाई खुसी नसम्झनु, सबै दुखलाई दुख नसम्झनु, यदी दुनियाँमा सान संग ज्युनु छ भने आफुलाई कहिल्यै अरुभन्दा कम नसम्झनु – अनमोल भनाईहरु

१) सबै खुसीलाई खुसी नसम्झनु, सबै दुखलाई दुख नसम्झनु, यदी दुनियाँमा सान संग ज्युनु छ भने आफुलाई कहिल्यै अरुभन्दा कम नसम्झनु ।

२) कहिले-काँही जुन कुरा हेर्दा जती सामान्य लाग्छ, वास्तबमा त्यसलाई बुझ्न धेरै मुस्किल हुन्छ ।

३) मानिस त्यो एक”पलको”लागि जिन्दगीभर मेहनत गर्छ जुन”पल”उसले त्यति”राम्रो” “सँग बिताउन पाउदैन” ।

४) जिन्दगी हल्का महशुस हुन्छ, यदी अर्कोबाट आशा कम, आँफुमा भरोसा बढी भए।

५) समस्या आउनु भनेको तिमीले आफूलाई प्रमाणित गर्न पाउने अवसर हो ।

६) मलाई खुट्टा किन चाहिनु, जब मसंग उड्नको लागि पखेटा छन् !

७) नयाँ सुरुवात तब हुन्छ, जब कुनै पुरानो सुरुवातको अन्त्य हुन्छ ।

८) हामी मध्ये धेरै जना हाम्रो सपनामा बाँचिरहेको हुँदैनौं, किनकी हामी डरमा बाँचिरहेका हुन्छौं ।

९) जोसुकैले भनोस्, म सत्यको साथ दिन्छु र जोसुकैले विरोध गरोस् मैले न्यायको पक्ष लिन्छु ।

१०) अनुमान र शंका भनेका समबन्धलाई भित्र भित्रैबाट खोक्रो बनाइदिने धमिराहरु हुन् ।

११) दुखाउने घाउ त हजार छ्न चुप यसकारण छु कि देखाउने कुनै दाग छैन ।

१२) स्वतन्त्रता अरु केही होइन, अझ राम्रो व्यक्ति बन्ने अवसर हो ।

१३) यदि तिमीले आफ्नो घाँटी आफै रेट्दैछौ भने, म संग त्यसमा बाँध्ने पट्टि माग्न नआऊ!

१४) जब तिम्रो उद्देश्य नै पैसा बन्छ, तब तनावले तिमीलाई बढी सताउँछ ।

१५) यो विश्वासका साथ काम गर कि तिम्रो कामले तिम्रो जीवनमा केही फरक ल्याउनेछ, र, हेर्नु, त्यो विश्वासले साँच्चै तिम्रो जीवनमा फरक ल्याइदिनेछ ।

Post Comment