चाहाना कम भएपछि बाहाना धेरै बनाउने गर्छन मान्छेहरु – अनमोल भनाईहरु

१) दु:ख जिवन यसकारण आउँछ ताकी हामी सुखको महत्व बुज्न सकौं।

२) सत्य युगमा झै अब देउता बाट दानव हारीनु पर्छ, भ्रष्ट अपराधी सबैलाई सुलीमा झारीनु पर्छ, आज यस्तो कृष्ण जन्माईदेऊ नेपाल आमा यिनै बाट यि देशका सम्पूर्ण कंश मारीनु पर्छ ।

३) जिन्दगीलाई काँडाबाट सुरु गरे, फुलमा गएर अन्त्य हुन्छ, फुलबाट सुरु गरे काँडामा गएर अन्त्य हुन्छ ।

४) संधै आफ्नै कहिल्यै नरहने रैछ यी दुई चिज ; समय अनि मान्छे।

५) मान्छेहरुको मुख बन्द गर्न तिर भन्दा राम्रो आफ्नो कान बन्द गर्नतिर लाग्नुस्, जिवन शुखमय रहनेछ।

६) कलियुग हो हजुर यो, यहाँ झुटलाई स्विकार अनि सच्चाईलाई शिकार गरिन्छ।

७) “सत्य र ईमानदारी” को बाटो मा हिड्ने को एउटा फाइदा यो पनि छ कि यो बाटो मा भिडभाड हुँदैन !

८) जिन्दगी आफैं”कोरेर”बनाउने तस्बिर रहेछ”मेहनत”गरे चित्र “अल्छी गरे बिचित्र” ।

९) कहिले-काहीँ हामी बाहिरको चुनौतीले भन्दानी आफु भित्रको कमजोर आत्मबलका कारण हार्ने गर्दछौ।

१०) अब कसले”पर्खिन्छ”र एक”झलक”हेर्नको लागि घण्टौसम्म”माया”त डिजिटल भइसक्यो अब”कसले”गर्छ र हृदयका कुराहरु”माया”त “बस फिजिकल भइसक्यो” ।

११) सपनालाई”साकार”बनाउन भन्दा धेरै”जटिल”हुने रहेछ “सम्बन्धलाई कायम राख्न” ।

१२) मायाका शब्दहरु कोर्ने रहर पनि कहाँ नभएको होर यी हातहरुको, अफसोच; जिन्दगीले दुखको कलम थमाइदियो।

१३) हार्नाले कहिलेकाहीं जित्ने नयाँ तरिका पत्ता लगाउन सकिन्छ।

१४) यदि जीवनको बारेमा लेख्न चाहन्छौ भने, पहिले जीवन बाँचेर अनुभव गर ।

१५) “ध्यान” को अर्थ हुन्छ भित्रै देखि “मुस्कुराउनु” अनि, “सेवा” को अर्थ हुन्छ, त्यो मुस्कान लाई अरु समक्ष पुर्याउनु ।

१६) चाहाना कम भएपछि बाहाना धेरै बनाउने गर्छन मान्छेहरु ।

Post Comment