कसैको साथमा यस्ता घटना घट्न थाले भने सम्झनुहोस्, शनिको दशाले घेरिरहेको छ

ज्योतिषका अनुसार जुन व्यक्तिको कुण्डलीमा शनी अशुभ स्थितीमा हुने गर्दछ, उनीहरुको दैनिक जीवनमा कयौँ समस्याको सामना गर्नु पर्ने हुन्छ। केही यस्ता संकेत छन्, जसबाट कुण्डली नदेखेरै शनि अशुभ स्थितीमा रहेको थाहा पाउन सकिन्छ। आज हामी तपाईलाई शनी दोषका अशुभ संकेतका बारेमा जानकारी दिदैछौँ।

व्यक्तिले ज्ञान प्राप्त गर्न सक्दैनन्। पढाईमा मन लाग्दैन भने यस क्षेत्रमा कुनै उपलब्धि प्राप्त गर्न सक्दैनन्। शनि दोषका कारण जवानीमा मानिसको कपाल सेतो हुन थाल्दछ। व्यक्तिलाई जोड्ने दुख्ने समस्या हुने गर्दछ। कुण्डलीमा शनि अशुभ भएमा व्यक्तिको मन कुसंगती र नराम्रो काम तर्फ आकविर्षत हुने गर्दछ। शनि विपरित स्थितीमा हुँदा काम ठिकसँग हुँदैन् र कुनै काममा सफलता प्राप्त हुँदैन्।

कुनै व्यक्तिलाई चोरीको आरोप लाग्नु भन्दा उनीहरु विरुद्धमा कुनै मुद्दा पर्छ भने अशुभ शनिको असर हुने गर्दछ। जुत्ता वा चप्पल पटक पटक चुडिनु वा हराउनु पनि अशुभ शनि दोषको संकेत हो। अशुभ शनि दोषका कारण संचित गरेको धन नास हुनु तथा विभिन्न किसिमका रोग लागेर शरीर कमजोर हुने गर्दछ।

Post Comment