ठुलो बन्न सिक, तर त्यसको अगाडि होइन जसले तिमीलाई ठुलो बनायो – मनछुने लाईनहरु

१. मलाई चिन्न नै सकेनन् कसैले नजिक देखि, केही अन्धा थिए केही अन्धकारमा थिए।

२. जो भेट्छन उनिहरु छुट्टिन्छन पनि म नै मूर्ख थिए, एउटा केवल साँझको भेटघाटलाई पुरै जिन्दगी सम्झिन पुगे।

३. सुनेको थिंए मानिसले समयलाई वदल्न सक्छन् । एउटा कुनावाट मुस्कुराएर “समय” ले भन्यो म होईन मानिसहरु छिन-छिनमा वदलिन्छन् ।

४. आदत छैन पछाडी कुरा गर्ने दुई शव्द कम वोल्छु तर अगाडीनै वोल्छु ।

५. हजारौ मा केवल त्यो मान्छे मात्र चाहियो , जसले मेरो अनुउपस्थिती मा मेरो निन्दा सुन्न नसकोस । अरुले रोजेर हिडेको बाटोमा सुनैको जुत्ता लगाएपनी त्यति आनन्द आउदैन जति आफुले रोजेको बाटोमा खाली खुट्टा नै हिंड्दा आउछ ।

६. मानिसहरुले मलाई माटोमा पुर्न धेरै कोसिस गरे, तर उनिहरुलाई थाहा छैन कि म विऊ हुँ ,पुर्छन् टुसाएर उम्रिदिन्छु ।

७. दुनियाँमा उहीँ मान्छे बढी निराश हुन्छ जसले आफुभन्दा धेरै अरुको केयर गर्छ।

८. चार दिनको मित्रता र चार दिनको दुश्मनी मेरो कुण्डलीमा छैन , आउनुछ भने अन्तिम साससम्म आउ , जानू छ भने अन्तिम सास सम्म जाउ ।

९. मैले दुई प्रकारको मान्छेसित धोका खाएको छु , एउटा जो मेरो आफ्ना थिए , दोस्रो जो मेरो एकदमै आफ्नो थियो।

१०. मलाई हासो उठ्ने गर्छ ती मान्छेहरुबाट जो बाहिर बाट मेरो साथमा हुन्छन भित्रबाट मेरो खिलाफ।

११. कुनैपनी उचाइ त्यति कठिन हुदैन कि त्यहाँसम्म पुग्न सकिँदैन , मनस्थिती मा जित को बिज
रोपन गर्नुहोस हार को होइन।

१२. आलस्यता नै विकासको प्रमुख बाधा हो, लगनशिलता बिना कोहि पनि सफल हुन सक्दैनन ।

१३. एउटा ठूलो कठिनाई झेल्नुको मतलब यो हो कि विकाशको शुर्यको तर्फ एक छलाङ मार्नु ।

१४. अव्यवस्थित दस काम गर्नुभन्दा दुई तीन व्यवस्थित काम गर्नु मा धेरै लाभदायी हुन्छ।

१५. ऐनामा उभिएको मान्छेले तिमिलाई राम्रोसित चिन्दछ ,चाहे तिमी लाख राम्रो बन्ने नाटक गर अरुको नजर मा ।

१६. ठुलो बन्न सिक, तर त्यसको अगाडि होइन जसले तिमीलाई ठुलो बनायो ।

Post Comment