चाहेको हर चिज गुमाएको भएर होला अब त चाहाना पनि रितिसके मेरा – मनछुने भनाईहरु

१. कसरी बिश्वास गरौ म त्यो मन्दिरमा राख्ने मुर्तिको, जहाँ त्यो मुर्तिको अगाडी दुहात जोडेर तिमीलाई हजारौ पटक मागे तर अह भगवानले एकचोटी पनि मेरो पुकार सुन्नुभएन ।

२. आफु पलपल रोएर पनि तिमीलाई मुसुक्क हसाएको थिए, आज त्यहि दियोले पोल्यो हात जसलाई हावा बाट बचाएको थिए ।

३. तिमी र म टाढा भयौ घाम अनि जुन झैँ, भेट हुन नपाइ मर्छौ कि मुना अनि मदन झैँ ।

४. जुनकिरीको के अर्थ यहा जुन पाएपछि, चादी कसले लगाउछ र यहाँ सुन पाएपछि ।

५. जवानी भन्दा सुन्दर त बालापन थियो, जहाँ दुखाइ त्यहि रुवाइ थियो, आजकल त रुनको लागि पनि एकान्त खोज्दै हिड्नु पर्दछ ।

६. यो माया भन्ने चिज पनि अचम्मको हुदो रहेछ, अलिकति चिसो भेट्न साथ् उम्रिहाल्ने, दुबो जस्तो जहाँ पनि फैलिदो रहेछ ।

७. मलाई सम्झिएर तिमी पनि कहिले काही निराश हुन्छौ रे हिजो आज, चोट अचानोलाई मात्र होइन खुकुरीलाई पनि थाहा हुन थालेको छ रे ।

८. यो दिलले त्यो दिललाई छुने बनाउनु छ, लाखौ लाखमा एक्लै हुने बनाउनु छ, मेरो चोखो मायालाई लत्याएर गाकी छौ, पर्ख एकदिन तिमीलाई पनि रुने बनाउने छु ।

९. तिमी बिना बाच्न सक्दिन भनेर बाचा गर्न सक्दिन म तर यति चाहि भन्छु कि तिमि बिना एकपल पनि खुसी रहन सक्दिन ।

१०. अब त अन्तै झुल्क्यो होला तिम्रो लागि घाम पनि, अहिले सम्म त सायद भुल्यौ होला मेरो लागि नाम पनि ।

११. ए मुटु त मेरो लागि धड्किन छोड्दे, म उसको लागि तड्पीन छोड्दिन्छु ।

१२. कराएर झर्किएर गएकी थिइन् उनि तर आज सम्म पनि उसको यादहरु मेरो मनमा मौन भएर बसिरहेका छन् ।

१३. कहिल्यै पनि नसकिदो रहेछ मन भित्रको पिर व्यथाहरु, सुन्नेलाई त लाग्छ होला एउटा उपन्यासका कथाहरु ।

१४. हो मलाई तिमीलाई जस्तो माया गर्न आएन, किनकि मलाई तिमीलाई जस्तो दर्जनौ संग माया गरेको अनुभव पनि त थिएँ ।

१५. न त ऊ भावीले लेखेको लेखमा थिइ, न त भाग्य रेखामा नै, मात्र भेट निश्चित थियो अनि गन्तव्य अलग-अलग ।

१६. आफुले मन पराएको मान्छे नपाउदा बरु त्यति मन दुख्दैन थियो होला जति पाएर गुमाउदा दुख्दो रहेछ ।

१७. यो संसारमा एक मुस्कानबाट सुरु भएर हजारौ पल्ट रुवाउने अपराधलाई माया भनिदो रहेछ ।

१८. चाहेको हर चिज गुमाएको भएर होला अब त चाहाना पनि रितिसके मेरा ।

Post Comment